हेडलाईनसमाचारगण्डकीऋषिङस्वास्थ्य

बार्दलीबाट लडेका थापाको उपचारका क्रममा निधन

• विवेक श्रेष्ठ ) प्रहार समाचार । तनहुँ, ३१ असार २०८२ मङ्गलवार । ऋषिङ्ग गाउँपालिका–८ निवासी ३६ वर्षीय इन्द्रबहादुर थापाको आफ्नै घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा निधन भएको छ।

क्षारेरोगको समस्या रहेका थापा एक्कासी ढलेका थिए भने टाउँकोमा गहिरो चोट लागेकाले अत्यधिक रक्तश्राव हुन पुगेको थियो । सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको तयारी भइरहेकै बेला चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् ।

वडाध्यक्ष भरतकुमार श्रेष्ठका अनुसार घटना भएको जानकारी पाएपछि आफैँले संचालनमा ल्याएका ग ३ च ५५६४ नम्बरको एम्बुलेन्स लिएर तत्कालै थापालाई अस्पताल लैजाने प्रयास गरिएको थियो। ‘बचाउन सक्दो प्रयास गरियो, तर सकिएन।’ – वडा अध्यक्ष श्रेष्ठले भने । हाल मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने छ।

मृतक थापाका दुई श्रीमती परपुरुषसँग गएको कारण उनी केही वर्षदेखि श्रीमती बिहीन थिए। उनका एक छोरा र एक छोरी हजुरबा–हजुरआमाको संरक्षणमा रहेका छन्। उनका दाजुको पनि अघिल्लो समयमा लडेर मृत्यु भएको जानकारी छ। स्थानीय वडाध्यक्ष श्रेष्ठले आर्थिक रूपमा कमजोर, बिरामी तथा घाइतेलाई आफ्नो निजी सवारी तथा हालै किनिएको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिँदै उदाहरणीय कार्य गर्दै आएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button