हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर मनसुनी सक्रियता

प्रहार समाचार । काठमाडौँ, ३१ असार २०८२ मङ्गलवार । अहिले नेपालभर मनसुनी वायुले सक्रियता बढाएकाे छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा कोशी र सुदूरपश्चिमका केही स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा पनि वर्षासहित हिमपातको सम्भावना देखिएको छ।


मनसुनसँगै बढ्यो जोखिम : भारी वर्षा र पहिरोको चेतावनीआज दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हarू बताउँछन्। कोशी, बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा रातिको समयमा पनि देशका पहाडी भूभाग तथा केही अन्य क्षेत्रमा चट्याङसहित पानी पर्ने संकेत छ। महाशाखाले बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम बढ्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ।


सावधान! चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आह्वान :

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनको प्रभाव सक्रिय रहँदा विभिन्न प्रदेशमा व्यापक वर्षाको सम्भावना देखिएको छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा चट्याङसहित भारी वर्षा हुने जोखिम देखिएकाले सम्भावित विपद् न्यूनीकरणका लागि तयारी र सतर्कता आवश्यक रहेको विज्ञहरूको भनाइ छ। महाशाखाले जोखिमयुक्त स्थानका बासिन्दालाई सतर्कता अपनाउन बारम्बार आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button