प्रहार समाचार । काठमाडौँ, ३१ असार २०८२ मङ्गलवार । देशकै राजधानी तथा सबैभन्दा ठूलो महानगरपालिकाका रूपमा चिनिने काठमाडौं महानगरपालिकाले ढिलो गरि आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। “सजिलो, सुरक्षित, समृद्ध र सम्भावनायुक्त महानगर” निर्माणको लक्ष्यसहित प्रस्तुत गरिएको बजेटमा पूर्वाधार, सामाजिक विकास र सुशासन प्राथमिकतामा परेका छन्।

महानगरका अनुसार प्रस्तुत बजेट बहुआयामिक योजनामा केन्द्रित छ, जसमा विकास निर्माणदेखि उद्यमशीलता प्रवर्द्धनसम्मका कार्यक्रम समेटिएका छन्।
📊 कुन क्षेत्रमा कति बजेट ?
🏗 पूर्वाधार विकास – १२ अर्ब ८० करोड (कुल बजेटको ५१%)
सडक, पुल, ढल, पार्क निर्माण तथा सुविधा सम्पन्न महानगरको रूपान्तरणमा केन्द्रीत
🧑🏫 सामाजिक विकास – ५ अर्ब २ करोड (२० प्रतिशत )
शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका संरक्षण, सामाजिक सुरक्षा
🏢 प्रशासनिक तथा कार्यालय सञ्चालन – ३ अर्ब ५१ करोड (१४ प्रतिशत )
🧭 सुशासन तथा अन्तरसम्बन्ध – ३ अर्ब १ करोड (१२ प्रतिशत)
ई-गभर्नेन्स, पारदर्शिता, नागरिक सहभागिता सुदृढीकरण
📈 आर्थिक विकास – ७५ करोड (३ प्रतिशत)
“एक वडा, एक उद्यम” अभियानमार्फत स्थानीय उद्यम प्रवर्द्धन
🌟 प्राथमिकता पाएका कार्यक्रमहरू
राजधानीको समग्र रूपान्तरणका लागि पूर्वाधार विकासमा जोड
फोहोरमैला व्यवस्थापनमा आधुनिक सुधार
विद्यालय शिक्षाको गुणस्तर सुधार
सहरी स्वास्थ्य सेवाको विस्तार
सुशासनको प्रवर्द्धन र नागरिक सहभागिता अभिवृद्धि
‘एक वडा, एक उद्यम’ कार्यक्रमको कार्यान्वयन
महानगरका मेयर बालेन्द्र साह (बालेन) नेतृत्वको टिमले सार्वजनिक गरेको यो बजेटले काठमाडौंलाई आधुनिक, व्यवस्थित र जनमैत्री सहर बनाउने परिकल्पना गरेको छ। अब सवाल यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रीत हुनेछ।


























