हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा स्कुटर ट्रकमा ठोक्किँदा युवकको मृत्यु

प्रहार समाचार । तनहुँ, ३० असार २०८२ सोमवार । तनहुँको व्यास–१ अम्रेनीमा रोकिराखिएको मिनी ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यू भएको छ।

मृत्यू हुनेमा व्यास–१२ का सागर न्यौपाने रहेका छन्। । डुम्रेतर्फ जाँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर मिनी ट्रकमा ठोक्किएको थियो। घाइते अवस्थामा अस्पताल पुर्‍याइएका न्यौपानेलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।


बायाँपट्टि रोकिराखिएको ट्रकमा ठोक्किँदा ज्यान जाने घटना सार्वजनिक भएपछि ट्रकको लापरबाही पार्किङप्रति प्रश्न उठेको छ। ट्रक चालकको भूमिका र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button