व्यासहेडलाईनसमाचारगण्डकी

गुरु पूर्णिमा अवसरमा सिर्जना टोलमा जेष्ठ नागरिक सम्मान

प्रहार समाचार । तनहुँ, २६ असार २०८२ बिहीवार । तनहुँको व्यास नगरपालिका–३, स्थित सिर्जना टोल आम समूहले गुरु पूर्णिमाको अवसरमा टोलका जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ।

समाजका अभिभावक जेष्ठ नागरिकहरुलाई दोसल्ला , पुष्पगुच्छा र अबिर लगाई सम्मान गरिएको हो। साथै मिठाई तथा फलफूल वितरण समेत गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष अनुप रानाले आमा समूहको प्रयासलाई उदाहरणीय भन्दै प्रशंसा गरे। उनले समूहले समाजमा सचेतना फैलाउने कार्य गर्दै आएको उल्लेख गर्दै वडाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। निवर्तमान अध्यक्ष प्रेम कुमार श्रेष्ठले पनि समूहको सक्रियता र सामाजिक भूमिकाको प्रशंसा गर्दै निरन्तर साथ दिने बताए।

त्यस अवसरमा मुक्ति नारायण श्रेष्ठ, बलबहादुर रानाभाट, केश बहादुर श्रेष्ठ, माया चुमी लगायतलाई बिशेष सम्मान गरिएक आमा समूह अध्यक्ष सरीता श्रेष्ठको बताइन् । कार्यक्रमको सहजिकरण राधिका गौतमले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button