हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

आदिकवि भानुभक्त आचार्यको २ सय १२औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै

प्रहार समाचार । तनहुँ, २५ असार २०८२ बुधवार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २ सय १२औं जन्मजयन्ती भानु जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रका साथ सप्ताहव्यापी रूपमा मनाइने भएको छ।

भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती सप्ताहव्यापी कार्यक्रमका साथ मनाउन लागेको हो ।

असार २५ देखि २९ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विविध सांस्कृतिक, साहित्यिक तथा सामाजिक गतिविधिहरू समेत समावेश गरिएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असार २९ गते हुने समापन समारोहमा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउने कार्यक्रम तय भएको आदिकवि भानुभक्त जन्मस्थल निर्देशक समितिका अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

असार २५ गते विहान ७:३० बजे प्रभातफेरी, भानु प्रतिमामा माल्यार्पण, पञ्चकन्याबाट रामायण वाचन, जय घोष, मठ–मन्दिरमा पूजा–अर्चना तथा साँझ दीपावली कार्यक्रम आयोजना गरिने आदिकवी छ। त्यसै दिन समितिको कार्यालय परिसरमा श्रद्धाञ्जली सभा, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरणसमेत गरिनेछ। त्यस्तै, प्रदेश अस्पताल दमौलीमा रक्तदान तथा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रमसमेत राखिएको आदिकवि भानुभत जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए।

भानुजयन्ती सप्ताहको सिलसिलामा असार २६, २७ र २८ गते भानु नगरपालिका, भन्सार कार्यालय, चुँदी तथा समितिको कार्यालय परिसरमा विभिन्न साहित्यिक तथा बालमैत्री कार्यक्रमहरू सञ्चालन गरिने जन्मस्थल विकास समितिका कार्यकारी अधिकृत कृपाहरि लौजारीले बताए । लौडारीका अनुसार खुला कविता प्रतियोगिता, भानुभक्त चित्रलेखन, रचनापाठ, झाँकी प्रदर्शन र कवि गोष्ठी जस्ता कार्यक्रमहरू विद्यालयस्तरमै सञ्चालन गरिनेछन्। यसले बालबालिकामा साहित्यिक चेतना र राष्ट्रिय गौरवप्रतिको भावनालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

असार २९ गतेको मुख्य समारोहमा भानुभक्तको जीवनी र योगदानमाथि आधारित झाँकी प्रदर्शनी, कविगोष्ठी, श्रद्धाञ्जली सभा, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण लगायतका कार्यक्रमहरु गरिने जन्मस्थल विकास समितिले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button