हेडलाईनव्याससमाचारगण्डकी

व्यास पराशर पत्रकारिता पुरस्कार आचार्यलाई

प्रहार समाचार । तनहुँ, २५ असार २०८२ बुधवार । दमौली, २५ असार — नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले यस वर्षको टिकानिधी ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष तथा मादीसेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ।

शाखा अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। व्यास जयन्तीको अवसर पारेर घोषणा गरिएको उक्त पुरस्कार शाखाको आगामी साधारणसभाको अवसरमा प्रदान गरिने सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील आचार्यले सञ्चार माध्यमबाट व्यास पराशर क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा पुऱ्याएको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय गरिएको हो। पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ। व्यास नगरपालिका–४ निवासी भाग्यशाली ढुङ्गाना र विष्णुमाया ढुङ्गानाले स्मृतिमा स्थापीत स्थापना एक लाख राशीको अक्षयकोषबाट प्राप्त हुने व्याजबाट यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button