हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाबाट पत्रकार नहर्की सम्मानित


प्रहार समाचार । तनहुँ, २४ असार २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिकाले पत्रकार अमरराज नहर्कीलाई सम्मान गरेको छ।

 

नगरको ४३ औं नगरसभाबाट आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत पत्रकार नहर्कीलाई नगदसभाले नगद सहित सम्मान प्रदान गरेको हो।

नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै र प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले संयुक्त रूपमा पत्रकार नहर्कीलाई दोसल्ला ओढाई सम्मानपत्र तथा नगद १० हजार प्रदान गरेका हुन्।

गोरखापत्र दैनिकमा कार्यरत नहर्की पत्रकारिता क्षेत्रमा दुई दशकदेखि सक्रिय छन्। उनि प्रेस युनियन तनहुँको पूर्व अध्यक्ष तथा जिल्लास्तरीय पत्रकारिता सम्मानहरू समेत पटक–पटक प्राप्त गरिसकेका पत्रकार हुन्। छ



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button