हेडलाईनसमाचारप्रदेश

रसुवागढी बाढी : १८ जना बेपत्ता मध्ये १२ ज नेपाली र ६ जना चिनियाँ नागरिक रहेको पुष्टि

प्रहार समाचार । रसुवा, साउन २४ असार २०८२ मङ्गलवार । चीनसँगको सीमावर्ती नाका रसुवागढी जोड्ने ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीका कारण पुलसहित सडक संरचना बगाउँदा कम्तीमा १८ जना बेपत्ता भएका छन्। हराइरहेका मध्ये १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक रहेकाे पुष्ट भएको छ ।

 

बेपत्ता हुने नेपालीमध्ये तीनजना सुरक्षाकर्मीसमेत छन्। बाढीले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएका छन्। यस्तै, चालक र मजदुरहरू जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, नरेन्द्र विक (बागलुङ), फुर्वा लामा (कन्टेनर चालक), गोविन्द मोक्तान (मिक्सचर चालक) र लोकमान तामाङ (हाइलक्स चालक) पनि बेपत्तामा परेका प्रमुख जिल्ला अधिकारी अर्जन पौडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, चिनियाँ नाका नजिकैको ल्हेन्दे खोलामा राति अचानक आएको बाढीले पुल, गाडी, कन्टेनर र निर्माण सामग्री बगाएको छ। घटनास्थलमै रहेका प्रजिअ पौडेलले प्रहार समाचारलाई जानकारी दिँदै भने, “यो भीषण बाढी हो, मानवीय क्षति अझै बढ्न सक्ने देखिएको छ।”

बाढीले सडक अवरुद्ध बनाएको छ भने कन्टेनर, मिक्सचर, हाइलक्स र अन्य सवारी साधन बगाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र शसस्त्र बलको संयुक्त टोली घटनास्थलमा उद्धार र खोजीमा खटिएको छ।

बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ भने चिनियाँ पक्ष पनि आफ्ना नागरिकहरुको खोजीमा जुटेको छ। रसुवागढी नाकामै निर्माणाधीन संरचनाहरुमा काम गर्ने मजदुर तथा चालकहरु बाढीमा परेका हुनसक्ने अनुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, पछिल्लो केही दिनयता लगातारको वर्षाका कारण पहाडी खोँच र खोंचामा बाढीको जोखिम अत्यधिक बढेको छ। प्रशासनले सम्भावित थप जोखिमको संकेत गर्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button