हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगर कार्यपालिकाको २ सय १९औं बैठक सम्पन्न: विभिन्न निर्णयहरू पारित

प्रहार समाचार । तनहुँ, २२ असार २०८२ आइतवार । तनहुँको व्यास नगरपालिकाको २ सय १९औं कार्यपालिका बैठक आज नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उप–प्रमुख इन्दिर दरै , प्रमुख प्रशासकीय अधिकृत काशिराम गैहे, सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको उपस्थितिमा सम्पन्न बैठकले नगर विकास, शिक्षा सुधार, सार्वजनिक सुनुवाइ र भावी योजना निर्माणसम्बन्धी निर्णयहरू गरेको छ।

बैठकले व्यास नगर शिक्षा सुधार योजना सुझावसहित पारित गर्नुका साथै नगरपालिकाको मध्यकालीन खर्च संरचना पारित गर्ने निर्णय गरेको छ। साथै व्यास जयन्ती तथा गुरुपूर्णिमा अवसरमा व्यासको मूर्तिमा विशेष पूजन आयोजना गर्ने, तेस्रो सार्वजनिक सुनुवाइ छाब्दी वाराही विकास कोषको भवनमा आयोजना गर्ने र एसईई परीक्षामा सफल विद्यार्थीलाई बधाई दिने निर्णय समेत बैठकबाट पारित गरियो।

स्वास्थ्य शाखाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई संशोधन गरी नगरसभामा पेश गर्ने, प्रशासनिक संगठनसम्बन्धी प्रतिवेदनलाई अद्यावधिक गर्नेसम्बन्धी प्रस्ताव तयार पार्ने निर्णय समेत भएको प्रवक्ता सुरेश थापाले जानकारी दिए। आर्थिक वर्ष ०८१/८२ को असार २० सम्ममा रु १४ करोड ९५ लाख आन्तरिक आम्दानी भएको र कुल १०४३ मध्ये ८५३ योजना (८१.७८%) सम्पन्न भइसकेको बैठकमा जानकारी गराइएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button