हेडलाईनसमाचारगण्डकी

लमजङमा स्थानीय पाठ्यक्रम ‘हाम्रो बेसीशहर नगरपालिका’ सम्बन्धी प्रबोधीकरण कार्यक्रम

• विजय अधिकारी (प्रहार संवाददाता) २० असार २०८२ शुक्रवार । लमजुङको बेसीशहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुई चरणमा सञ्चालन गरिएको स्थानीय पाठ्यक्रम ‘हाम्रो बेसीशहर नगरपालिका’ सम्बन्धी प्रबोधीकरण कार्यक्रम बेसीशहरमा बिहीबार सम्पन्न भएको छ ।

 

कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले स्थानीय पाठ्यक्रममा समावेश विषयवस्तुहरू विद्यार्थीलाई व्यवहारिक ढङ्गले शिक्षण गर्न सके शैक्षिक सुधार हुने विश्वास व्यक्त गरे। उनले स्थानीय स्रोत र ज्ञानको प्रयोग गर्दै विद्यार्थीहरूमा गहिरो समझदारी विकास गर्नुपर्ने बताए।

नगर उपप्रमुख पदमा गुरुङले शिक्षक-शिक्षिकाहरूलाई स्थानीय पाठ्यक्रमलाई सामान्य रूपमा नलिन आग्रह गर्दै यसले भाषिक, सांस्कृतिक र जातीय विविधता बोकेको समाजमा आत्मीयता र सम्मानको भावना विकास गराउने उल्लेख गरिन्।

शिक्षा विज्ञान तथा समन्वय इकाइ लमजुङका प्रमुख दिवाकर शर्माले पाठ्यक्रमलाई सिकाइको योजना भन्दै सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी संख्यामा सुधार ल्याउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।

शिक्षा शाखा प्रमुख ईश्वरीप्रसाद पाण्डेले स्थानीय पाठ्यक्रमले स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति तथा समुदायको संरक्षणमा महत्व राख्ने उल्लेख गर्दै पाठ्यक्रमले समेट्न नसकेका जीवनी, साहित्य र कलाका पक्षबारे पनि विद्यार्थीलाई जानकारी गराउनुपर्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, कार्यपालिका सदस्य तथा प्रवक्ता हिरालाल विक, प्रेस सल्लाहकार एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, आर्थिक योजना शाखा प्रमुख सृजना पौडेल, कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, प्रशासकीय अधिकृत दिनेश अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रममा विषयविज्ञ विनोद न्यौपानेले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने सहजिकरण शिक्षा शाखाकी प्राविधिक सहायक सिर्जना पाण्डे चिलुवालले गरेकी थिइन्।

प्रशिक्षणमा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका ७३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button