हेडलाईनसमाचारगण्डकीखेलकुद

गण्डकीका पदक विजेता खेलाडीलाई छात्रवृत्तिसहित सम्मान गरिने

प्रहार समाचार । कास्की , २० साउन २०८२ शुक्रवार । गण्डकी प्रदेश सरकार अन्तर्गत प्रदेश खेलकुद परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेका गण्डकी प्रदेशका खेलाडीहरूलाई अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ। आर्थिक वर्ष २०८१/८२ को अवधिमा राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न खेलकुद प्रतियोगितामा स्थान हासिल गर्ने खेलाडीहरूलाई छात्रवृत्तिसहित सम्मान गरिने कार्यक्रम तय गरिएको हो।

  

सम्बन्धित जिल्ला खेलकुद विकास समितिहरू तथा खेल संघहरूले मिति २०८२ असार २३ गते १ बजेभित्र योग्य खेलाडीहरूको विवरण परिषदमा पठाउनुपर्नेछ। विवरणमा खेलाडीको व्यक्तिगत विवरण, अध्ययनरत शैक्षिक संस्थाको नाम, कक्षा, वार्षिक शुल्क (सम्भव भएसम्म), बैंक खाता विवरण, सहभागिता गरेका प्रतियोगिताको नाम, मिति, स्थान, प्राप्त पदकको विवरण तथा प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। तोकिएको समयपछि प्राप्त विवरणहरू समावेश गर्न नसकिने स्पष्ट गरिँदै जिम्मेवारी सम्बन्धित जिल्ला वा संघको हुने बताइएको छ।

परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदमा पदक जितेका विद्यार्थीहरूको प्रोत्साहन तथा शैक्षिक उन्नतिमा योगदान पुर्याउने उद्देश्यले असार २५ गते बिहान ११ बजे पोखरास्थित परिषदको हलमा कार्यक्रम आयोजना गरिने जानकारी दिए। अन्य जिल्लाका खेलाडीहरूका लागि सोही दिन सम्बन्धित जिल्ला खेलकुद विकास समितिको कार्यालयमार्फत छात्रवृत्ति वितरण गरिने छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button