हेडलाईनसमाचारबन्दीपुरगण्डकीविजनेस

बन्दीपुर केबलकारको आईपीओमा लगानीको अवसर : ५८ लाख कित्ता सेयर निष्कासनको तयारी

प्रहार समाचार । तनहुँ, २० असार २०८२ शुक्रवार । नेपालको चर्चित पर्यटकीय गन्तव्य तनहुँको पुरानो सदरमुकाम बन्दीपरमा सञ्चालनमा रहेको बन्दीपर केबल कार एण्ड टुरिजम लिमिटेड ले सर्वसाधारणका लागि सार्वजनिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्न स्वीकृति दिएको हो। यो आईपीओ कम्पनीको जारी पूँजीको २०.७०६७ प्रतिशत बराबर अर्थात् ५८ करोड ६० लाख रुपैयाँको हुनेछ।

आईपीओ मार्फत बन्दिपुर केबलकारले स्थानीय बासिन्दा तथा आम सर्वसाधारण लगानीकर्ताहरूलाई आफ्नो स्वामित्वमा साझेदारीको अवसर प्रदान गर्न लागेको हो। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ले पाएको छ।

यो आईपीओले तनहुँ जिल्लाको पर्यटन क्षेत्रमा निजी क्षेत्रको सहभागिता तथा लगानीमा समेत उत्साह थप्ने अपेक्षा गरिएको छ। कम्पनीले केबलकार, रिसोर्ट तथा अन्य पर्यटन पूर्वाधार विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै स्थानीय रोजगारी र आम्दानीमा समेत योगदान पुर्‍याउँदै आएको छ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीले निकट भविष्यमा आईपीओ निष्कासनको मिति तय गरी आवेदन प्रक्रिया सुरु गर्ने बन्दीपुर केवलकारले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button