हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको निर्मल माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान : छात्रवृत्ति र प्रोत्साहन पुरस्कार वितरण

प्रहार समाचार । तनहुँ, १८ असार २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका–१, भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिंदै विशेष कार्यक्रम आयोजना गऱ्यो । तस्बिरहरु: प्रहार अनलाईन मिडिया ।

बुधवार विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा छात्रवृत्ति वितरणसहित विभिन्न विधामा सफल विद्यार्थीहरूलाई नगद प्रोत्साहनसमेत प्रदान गरियो।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा विद्यालयका पूर्व प्रधानाध्यापक रमेशचन्द्र हड्खले विद्यार्थीहरूलाई बधाई दिँदै पढाइको क्रममा पर्न सक्ने समस्या समाधान गर्न वडा कार्यालय सधैं तयार रहेको बताए। उनले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सबै सरोकारवालाको भूमिकामा जोड दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सामूहिक प्रयास अपरिहार्य रहेको बताए। सदस्यहरू हरि खनाल र सपना श्रेष्ठ बस्नेतले समेत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यालयको उन्नतिका लागि सबैजना लाग्नुपर्ने बताए।

कार्यक्रममा अमेरिकास्थित ओरेगन नेपाली समाजको आर्थिक सहयोग र ‘सेवा र विकासका लागि युवा’ को समन्वयमा छात्रवृत्ति वितरण गरियो। कक्षा ८ र १० मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीमध्ये कक्षा १० की छात्रा नन्दिता दुलाललाई १३ हजार २ सय रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरिएको हो।

त्यसैगरी, एसईई मा ३.८७ जीपीए ल्याएकी अंकिता ढकाललाई विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले व्यक्तिगत तर्फबाट तीन हजार रुपैयाँ नगद प्रदान गरेका थिए। यस्तै, शिक्षकहरू शिव पन्थ, महेन्द्र न्यौपाने र बिमल सिम्देलले दिलमाया भुजेललाई संयुक्त रूपमा तीन हजार नगद प्रोत्साहन स्वरूप प्रदान गरेका थिए।

विद्यालयका अनुसार एसईई २०८१ मा ५१ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ७७ रहेको विद्यालयका सहायक प्रधानाध्याप बिरबहादुर बस्नेतले बताए । कार्यक्रमको सहजिकरण शिक्षक लोकराज सेढाईले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button