हेडलाईनसमाचारप्रदेश

त्रिविमा लगाइएको ताला खोल्न सर्वोच्चको आदेश

प्रहार समाचार । काठमाडौँ, १८ असार २०८२ बुधवार । त्रिभुवन विश्वविद्यालयको मूल प्रशासनिक भवनमा लगाइएको ताला खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

अधिवक्ता महेश भट्टराईले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले त्रिवि भवनमा गरिएको तालाबन्दी तत्काल खोल्न आदेश दिएको हो। आदेश गृहमन्त्रालय, नेपाल प्रहरी, काठमाडौँ जिल्ला प्रशासन कार्यालय तथा कीर्तिपुर प्रहरी वृत्तलाई सम्बोधन गरिएको छ।

झन्डै एक महिनादेखिको तालाबन्दीका कारण त्रिविका पदाधिकारीहरू कार्यकक्षमै जान नपाउँदा विश्वविद्यालयको प्रशासनिक कामकाज प्रभावित हुँदै आएको थियो। त्रिविका कानुनी सल्लाहकार नारायणप्रसाद खनालका अनुसार अदालतको आदेशसँगै अब विश्वविद्यालय प्रशासन पुनः सक्रिय हुने बाटो खुलेको छ।

१४ जेठदेखि जारी तालाबन्दी आंशिक प्राध्यापक संघ, नेविसंघको एउटा समूह र अनेरास्ववियू (क्रान्तिकारी) ले गरेका हुन्। स्नातक तहको पहिलो वर्षमा भर्ना प्रक्रिया तत्काल खुलाउन माग राख्दै आन्दोलनमा उत्रिएका नेविसंघनिकट विद्यार्थी नेताहरूले त्रिविको मूल ढोकामा तालाबन्दी गर्नुका साथै तोडफोड समेत गरेका थिए। संलग्न दुई विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिए पनि पछि छोडिसकेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button