हेडलाईनसमाचारभानुगण्डकी

युवाहरुलाई व्यावसायिक सिप प्रदान गर्दै तनहुँको भानु नगरपालिका

प्रहार समाचार । तनहुँ, १९ असार २०८२ बिहीवार । तनहुँको भानु नगरपालिकाले वडाका बासिन्दाहरूलाई रोजगारी तथा उद्यमशीलता तर्फ उन्मुख गराउँदै लान थालेको छ ।

पालिकाले सञ्चालन गरेको १ महिने हलुका सवारी साधन तालिम सम्पन्न भए भएपछि नागरिकहरु रोजगारि तर्क उन्मुख हुन थालेका हुन् । तालिममा नगरका १३ वटै वडाका सहभागीहरूले सवारी चालकको व्यावसायिक सीप हासिल गरेका छन्।

पालिकाको आयोजनामा तथा सिद्ध गुफा ड्राइभिङ्ग प्रशिक्षण केन्द्र प्रा.लि., बिमलनगरको संयोजनमा जेठ १८ देखि असार १७ गतेसम्म सञ्चालित तालिममा १३ जना सहभागी थिए। उनीहरूले हलुका सवारीसाधन (कार/भ्यान) सञ्चालनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सिप आर्जन गरे ।

‘सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित सञ्चालित तालिमको समापन कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमले युवालाई आत्मनिर्भर बनाउन टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

समापन समारोहमा तालिम संयोजक संस्थाका प्रतिनिधिले सहभागीहरूलाई गुणस्तरीय र व्यवस्थित तालिम प्रदान गरिएको जानकारी गराएका थिए। सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

पालिकाले आगामी दिनहरुमा पनि सीपमूलक तालिमलाई प्राथमिकतामा राख्ने र स्वरोजगारको अवसर विस्तार गर्ने जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button