हेडलाईनसमाचारप्रदेश

काठमाडौँ महानगरको छात्रवृत्ति अवसर : कक्षा ११ मा अनलाइन आवेदन खुला

प्रहार समाचार । काठमाडैँ, १८ असार २०८२ बुधवार । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सहभागी भई ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले असार १८ गतेदेखि २७ गतेसम्म आवेदन दिन सक्ने महानगरले जनाएको छ। यस छात्रवृत्तिमा सहभागी हुन चाहने विद्यार्थीहरूले अनलाइन माध्यमबाट फाराम भरिसकेपछि निर्धारित मितिमा परीक्षा दिनुपर्नेछ।

महानगरका अनुसार आवेदन फाराम www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा गएर भर्न सकिनेछ। आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन हुनेछ भने यसका लागि कुनै शुल्क नलाग्ने महानगरले स्पष्ट पारेको छ। यसले आर्थिक रूपले विपन्न र प्रतिभावान विद्यार्थीहरूलाई उच्च माध्यमिक तहसम्मको शिक्षा हासिल गर्न सहज बनाउने अपेक्षा गरिएको छ। हेरौं सूचना :

छात्रवृत्तिका लागि लिखित परीक्षा साउन ३ गते सञ्चालन हुने महानगरले जनाएको छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि छात्रवृत्तिको माध्यमबाट गुणात्मक शिक्षामा पहुँच दिलाउने उद्देश्य लिएको काठमाडौँ महानगरपालिकाले समयमै फाराम भरी अवसरको उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button