हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको चण्डिदेवी राष्ट्रिय माविको एसईईमा उत्कृष्ट नतिजा : ३.५९ जीपीएसम्म प्राप्त

तनहुँको व्यास–१०, बैरेनी, कुमलटारीस्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै जिल्लामै उदाहरणीय उपस्थिति जनाएको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् भने सर्वोच्च जीपीए ३.५९ रहेको छ ।

जिल्लाको शैक्षिक विकासमा अग्र स्थानमा रहेको विद्यालयबाट (एसईई) मा सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले ३.५९ जीपीएसम्मको उ नतिजा हासिल गर्ने विद्यार्थीसहित सबैलाई बधाई ज्ञापन गर्दै भविष्यको प्रगतिको शुभकामना व्यक्त गरेको छ।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमा आयुसा न्यौपानेले ३.५९ जीपीए, किरण ओझाले ३.५३, कैलाश बास्तोलाले ३.५१, सलिना सापकोटाले ३.४८, अनिष नेपालीले ३.४४, आकांक्षा अधिकारीले ३.४३, कसिस दर्जीले ३.४०, सिर्जना अधिकारीले ३.३५, सुगम कँडेलले ३.२६, समुना रानाले ३.१९, तिर्सना बोटेले ३.१९, दिनेश विकले ३.१६, प्रगती सुनारले ३.०७, एकबहादुर दरैले ३.०३, बास्ना विक ३.०१ र शिशिर बोटेले ३.०१ जीपीए प्राप्त गरेका छन्।

यसैगरी, सञ्जय पटेलले २.९८, बिराज थापा १.९७ र अनिषा नेपालीले २.९३, सुदीप बोटेले २.९०, हरिमाया दरैले २.७९ र विपिन दरैले २.६५ जीपीए ल्याएका छन्।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेल (आरसी) ले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य, नियमित श्रम, अनुशासन र गुणस्तरीय शिक्षण पद्धतिको फलस्वरूप यो उत्कृष्ट नतिजा आएको बताउँदै आगामी दिनमा अझै उत्कृष्टता हासिल गर्न निरन्तर प्रयास गरिने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पाठकले चण्डिदेवी विद्यालयले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्दै आइरहेको बताउँदै शैक्षिक सुधार र पूर्वाधार विकासमा निरन्तर लगानी गरिने स्पष्ट पारे।

शिक्षक अभिभावक संघकी अध्यक्ष दिपा लामिछानेले विद्यालयको यो उपलब्धिमा सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीको समान योगदान रहेकोमा जोड दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्।

विद्यालयले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शिक्षात्मक यात्रामा सफलता र समृद्धिको शुभकामना व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button