हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको निर्मल माविका ७७.२७ प्रतिशत विद्यार्थी एसईईमा सफल

प्रहार समाचार । तनहुँ, १७ असार २०८२ मङ्गलवार । तनहुँको –१, भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयले २०८१ सालको एसईई परीक्षामा ७७.२७ प्रतिशत सफलतासहित उल्लेखनीय नतिजा हासिल गरेको छ। विभिन्न श्रेणीका जीपीए ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई विद्यालयले बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएको छ ।

परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीमध्ये ३.६ देखि ४.० जीपीए ल्याउने ६ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ७ जना, २.८ देखि ३.२ जीपीए ल्याउने २२ जना र २.४ देखि २.८ जीपीए ल्याउने १६ जना रहेका विद्यालयका प्रधानाध्यापक गणेश चन्द्र वस्नेतले जानकारी दिए।

विद्यालयले एसईई परीक्षामा सफल भएका सबै विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै अध्ययन, अनुशासन र परिश्रमको नतिजास्वरूप आएको यो सफलताले विद्यार्थीको भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर दरैले विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा आउन सकेको बताए। शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण वि.क.ले विद्यालयको शैक्षिक स्तर दिनप्रतिदिन उकालो लागिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । यसै बिच विद्यालयले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरु लाई भोलि १८ गते बुधवार दिउँसो १ :३० बजे विद्यालयमा एक कार्यक्रमका बिच सम्मान कार्यक्रम आयोजना गरिने विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सम्पूर्ण शिक्षकवृन्दप्रति समेत आभार व्यक्त गर्दै निरन्तर शिक्षण गुणस्तर सुधारमा प्रतिबद्ध रहेको जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button