प्रहार समाचार । तनहुँ, १७ असार २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिका-५, पाटनस्थित परासर माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, वडा प्रतिनिधि खिमबहादुर थापा, पाटन टोलका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ, अभिभावक–शिक्षक संघकी अध्यक्ष संगीता थापा तामाङ, विद्यालयका प्रधानाध्यापक राम दत्त पौडेल लगायतले संयुक्त रूपमा एसईई परीक्षा उत्तीर्ण गरेका १२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

विद्यालयका अनुसार यस वर्ष ९०.९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीमध्ये विष्णु थापाले सबैभन्दा उच्च ३.७२ जीपीए प्राप्त गरेकी छन्। वडा नम्बर ५ का सामुदायिक विद्यालयहरूबीच उनको नतिजा सबैभन्दा उत्कृष्ट रहेको बताइएको छ। विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन योगदान पुर्याएका शिक्षकहरूलाई समेत सम्मान गरेको थियो ।

न


























