हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको शुक्लागण्डकी नगरपालिकामा सामुदायिक विद्यालयको एसईई नतिजा लज्जास्पद : संस्थागत विद्यालयको उच्च सफलता

प्रहार समाचार । तनहुँ, १४ असार २०८२ शनिवार । तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको र संस्थागत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सहभागी विद्यार्थी हरुको उत्तीर्ण दरमा ठूलो अन्तर देखिएको छ।

सरकारको लगानि रहेको सामुदायिक विद्यालयहरुको उत्तीर्ण दर संस्थागत विद्यालयको तुलनामा लज्जास्पद देखिएको छ। जस अनुसार सामुदायिक विद्यालयको ५४.८२ प्रतिशत र संस्थापक विद्यालयको ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण दर रहेको छ। नगर शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार नगर क्षेत्रका १६ सामुदायिक विद्यालयहरूबाट परीक्षा दिएका ६ सय २२ जना विद्यार्थीमध्ये ३ सय ४१ जना ग्रेडेड श्रेणीमा उत्तीर्ण भएका छन्।

सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी सफलता दर जनकल्याण माध्यमिक विद्यालयको देखिएको छ, जहाँ ४५ विद्यार्थीमध्ये ४२ जना उत्तीर्ण भई ९३.३३ प्रतिशत सफलता दर हासिल गरिएको छ। त्यस्तै पञ्चमुनिदेव मा.वि. बाट १ सय ८० जना सहभागीमध्ये १ सय ४४ जना उत्तीर्ण भई ८० प्रतिशत सफलता प्राप्त भएको छ। यसतर्फ दिवस मा.वि. को परिणाम भने निराशाजनक देखिएको छ, जहाँ १५ जना सहभागीमध्ये कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

हेरौं तत्याङ्क :

अन्य विद्यालयहरू मध्ये तालवेसी मावि र छब्दी मावि दुबैले ६० प्रतिशत सफलता दर हासिल गरेका छन्। खैरेनी मावि ३७.२९ प्रतिशत, जनप्रेमी मावि ३७.५ प्रतिशत, शहिदकृष्ण मावि १३.३३ प्रतिशत र महेन्द्र मावि केवल १२.५० प्रतिशत मात्रै सफलता दरसहित कमजोर प्रदर्शन गर्ने विद्यालयमा पर्छन्।

त्यस्तै १२ संस्थागत विद्यालयहरूबाट यसपटक ३ सय ५० जना विद्यार्थी परीक्षा सहभागी भएका थिए, जसमध्ये २ सय ५२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यसअनुसार संस्थागत विद्यालयहरूको औसत सफलता दर ७२ प्रतिशत रहेको छ।

हेरौं तत्याङ्क :

संस्थागत विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट नतिजा ज्ञान बगैंचा मावि को देखिएको छ, जसले ४२ मध्ये ४० जना विद्यार्थी उत्तीर्ण गराउँदै ९५.२४ प्रतिशत सफलता हासिल गरेको छ। लिटल गार्डन मावि ले ९१.६७ प्रतिशत, माउण्ट अन्नपुर्ण मावि ले ८६.३६ प्रतिशत, कञ्चनजङ्गा र जीवजुना मावि ले ८० प्रतिशत सफलता हासिल गरेका छन्।

त्यस्तै ब्राइट फ्युचर मावि ७४ प्रतिशत, अरनिको मावि कवासे ७७.७८ प्रतिशत, अरनिको खैरेनीटार ७७.०८ प्रतिशत, पुलिस स्कुल ७०.५९ प्रतिशतसहित सफल नतिजा ल्याउने संस्थागत विद्यालयमा परेका छन्। यसपटक वालविद्या मन्दिर मावि ले ४१.०३ प्रतिशत, सुर्योदय मावि ले ३५.४८ प्रतिशत मात्र सफलता दरसहित तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरेका छन्।

शुक्लागण्डकी नगरपालिकाभित्र शिक्षा क्षेत्रमा सार्वजनिक (सरकारी) र निजी क्षेत्रबीच देखिएको नतिजा अन्तरले शिक्षण गुणस्तर र व्यवस्थापनमा सुधार आवश्यक रहेको संकेत गरेको छ। नगरपालिकाले आउने वर्षहरूमा गुणस्तरीय शिक्षामा जोड दिने जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button