प्रहार समाचार । तनहुँ, १४ असार २०८२ शनिवार । तनहुँको व्यास नगरपालिका–१०, शान्तिनगर डिगाउस्थित सतिश इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूलका सम्पूर्ण विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्तीर्ण भएका छन्।

विद्यालयमा २१ जना विद्यार्थीहरु परीक्षामा सहभागि थिए । विद्यालयका प्रिन्सिपल दीर्घबहादुर दरैका अनुसार श्रीया राना मगर र शिव खड्गीले समान GPA 3.8 ल्याएर विद्यालयको शीर्ष स्थानमा स्थान हासिल गरेका छन्। त्यसैगरी दीपा परियारले GPA 3.79 तथा सञ्जोक बिके ले GPA 3.64 ल्याएका छन्। यस्तै, GPA 3.2 देखि 3.6 को समूहमा ११ जना विद्यार्थी परेका छन् भने GPA 2.8 देखि 3.2 को समूहमा ६ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन्।
विद्यालय व्यवस्थापन समितिले सम्पूर्ण विद्यार्थीहरूलाई ह बधाई दिँदै उनीहरूको आगामी शैक्षिक यात्रा र उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेको छ। विद्यालयले यस्तो नतिजा शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त मेहनतको फल भएको बताएको छ।
























