• सुशिल बि.क.( प्रहार संवाददाता ) तनहुँ, ५ असार २०८२ बिहीवार । तनहुँको व्यास नगरपालिका-१३ स्थित बेनीकोटमा रहेको बेनीमित्र प्राथमिक विद्यालयका पाँच जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन्। दमौलीका युवा महम्मद गफ्फार ( सुदिप )ले आर्थिक रुपमा कमजोर अवस्थामा रहेका ती विद्यार्थीलाई पोशाक सहयोग गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक किशोर सुनमका अनुसार विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न पाँच विद्यार्थीलाई बिहीबार पोशाक वितरण गरिएको हो। विद्यालयबाट सहयोगको आग्रह आएपछि गफ्फारले सकारात्मक प्रतिक्रिया जनाउँदै पोशाक वितरणमा सहयोग पुऱ्याएका हुन् ।

स


























