प्रहार समाचार । तनहुँ, ५ असार २०८२ बुधवार । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय तनहुँले सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै सचेतना अभियानलाई निरन्तरता दिइरहेको छ। ट्राफिक प्रहरीले सोमबार एक सार्वजनिक सन्देशमार्फत ट्राफिक प्रहरीले चालक, यात्रु र सर्वसाधारण सबैलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेको हो।

पछिल्लो समय तनहुँको विभिन्न स्थानमा प्राय दिनै पिच्छे सडक दुर्घटना बढिरहेको प्रसङ्गमा यो अभियानलाई अगाडी बढाइएकी ट्राफिक प्रहरी निरिक्षक कृष्ण चन्दले जानकारी दिए ! । चन्दका अनुसार सवारी दुर्घटनाबाट व्यक्ति मात्र होइन, पूरा घर–परिवार, समाज र राष्ट्रसमेत प्रभावित हुने गरेको छ। अधिकांश दुर्घटनाका कारण लापरवाही र ट्राफिक नियमको अवज्ञा नै हुने भएकाले सचेत र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको हो । ‘सडकमा ध्यान केन्द्रित नगर्दा ज्यान जानेजस्ता दुर्घटना भइरहेका छन्, ।’ उनले भने ।

ट्राफिक कार्यालयले सवारी चालकहरूलाई सडकमा सवारी चलाउँदा ध्यान केन्द्रित गर्न, नियमअनुसार मात्र सवारी चलाउन र नियमको पालना गर्न कुनैपनि हालतमा कन्जुस्याई नगर्न आग्रह गरेको छ। ट्राफिक नियम तपाईं, हामी र हाम्रै सुरक्षाका लागि हो भन्ने सन्देशलाई आत्मसात् गर्न समेत प्रहरीले सबैमा आग्रह गरेको छ।



























