हेडलाईनसमाचारगण्डकीऋषिङ

तनहुँ जलविद्युत आयोजनाको जाइकाका प्रमुख मात्सुजाकीको नेतृत्वमा स्थलगत अनुगमन

प्रहार समाचार । तनहुँ, ५ असार २०८२ बिहीबार । तनहुँ जलविद्युत आयोजनाको विकास साझेदार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मिजुकीको नेतृत्वमा आएको टोलीले हालै आयोजनाको स्थलगत अनुगमन गरेको छ। टोलीले आयोजनाको निर्माणस्थल पुगेर प्रगतिको अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमन भ्रमणका क्रममा टोलीले आयोजनाका प्याकेज–१ र प्याकेज–२ अन्तर्गत निर्माण भइरहेका संरचनाहरूको निरीक्षण गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

स्थलगत अवलोकनसँगै टोलीले आयोजनाका प्रमुख, सुपरीवेक्षण परामर्शदाताका प्रमुखलगायत प्राविधिकहरूसँग छलफल गरी निर्माण कार्यको अवस्थाबारे विस्तृत जानकारी लिएको थियो।

जाइका नेपालका प्रमुख मात्सुजाकी मिजुकी नेतृत्वको टोलीको यस भ्रमणलाई आयोजनाको पारदर्शिता, प्रगतिको अनुगमन तथा सहकार्य मजबुत बनाउने अवसरका रूपमा लिइएको छ। टोलीले आयोजनाको समग्र प्रगतिप्रति सन्तोष व्यक्त गरेको र थप गुणस्तरीय निर्माणमा जोड दिन सुझाव दिएको जनाइएको छ।

आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको

व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button