हेडलाईनसमाचारगण्डकीभिमाद

तनहुँको भिमाद नगरका दलित महिलाहरुमा आत्मविश्वासको संचार

प्रहार समाचार । तनहुँको भिमाद नगरपालिकाले दलित महिलाको सशक्तीकरण र क्षमता अभिवृद्धिलाई केन्द्रमा राख्दै आत्मविश्वास तथा नेतृत्व विकासको संञ्चार गराएको छ।

दलित महिलाहरुलाई सशक्तिकरण गराउँदै उनिहरुमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गराउने उद्देयले तीन दिने नेतृत्व विकाससम्बन्धी पुनर्ताजगी तालिमले उनिहरुमा यातो संञ्चार भएको हो । आज सम्पन्न भएको तालिम आसर १ गते बाट सुरु भएको थियो । तालिममा ९ वटै वडाबाट सहभागी ३० जना महिलाहरूले नेतृत्व, व्यक्तित्व विकास र वर्गीय चेतनासम्बन्धी प्रशिक्षण लिएका थिए ।

समापन कार्यक्रममा उपप्रमुख शारदा खनालले यस्ता तालिमले महिलाको आत्मविश्वास र सामाजिक सहभागिता बढाउने उल्लेख गर्दै शैक्षिक, आर्थिक र राजनीतिक क्षेत्रमा अगाडि बढ्न महिलालाई प्रोत्साहन गरिन्। प्रशिक्षक पत्रकार अन्जान परियारले महिलालाई सशक्त बनाउन नेतृत्व सीप, अभिव्यक्ति कला र सामाजिक चेतनाका विषयमा प्रशिक्षण दिएका थिए। सहभागी ऐती माया परियार र मिना नेपालीले तालिमबाट डर हटेको, आत्मबल बढेको र सामाजिक काममा सक्रिय बन्ने प्रेरणा मिलेको बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, वडा अध्यक्षहरू श्यामसुन्दर जोशी र प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्यहरू इन्दिरा खड्का र डिना गोतामेले समेत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सूचना अधिकारी टेकावती ढकालले गरेकी थिइन् भने स्वागत मन्तव्य संगीता विश्वकर्माले राखेकी थिइन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button