हेडलाईनसाहित्यप्रदेश

प्रहार साहित्य : गजल

गरिरहन्छन् नक्कल हाँगाहरूको यसै बस्न सक्दैनन्
रङ्ग बदल्ने आदत छेपाराहरूको यसै बस्न सक्दैनन्।

खुसी छन् दास, आजबाट उनीहरूको पदोन्नति भयो
खोजी हुनेछन्, नयाँ खुट्टाहरूको यसै बस्न सक्दैनन् ।

गजबले सुरु भएको रहेछ यो तेल घस्ने परम्परा पनि
वा! क्या! हल्ला छ प्रशंसाहरूको यसै बस्न सक्दैनन् ।

लुकाउँ भने पनि यो प्रेम पोखिएर छताछुल्ल भैदिन्छ
हेर्नोस्! चञ्चलता छ आँखाहरूको यसै बस्न सक्दैनन्।

केही तिमीले दियौ, केही त मैले पनि पक्कै दिएको छु
एक शृङ्खला हुन्छन् धोकाहरूको यसै बस्न सक्दैनन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button