प्रहार समाचार । तनहुँ, ३ असार २०८१ मङ्गलवार । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ। सरुवासँगै मन्त्रालयले केही स्थानमा कार्यरत उपसचिवलाई हटाएर त्यही पदमा सहसचिवलाई खटाएको छ भने अतिरिक्त दरबन्दीलाई पनि खाली गरिएको छ।

सरुवा गरिएको प्रमुख जिल्ला अधिकारीमा गोरखा, बैतडी, डोटी, डडेलधुरा, भोजपुर, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्लाका सीडीओहरू परेका छन्। मन्त्रालयका सहसचिव रामुराज कडरियालाई गोरखा, सुनिता नेपाललाई इलाम र नेत्रप्रसाद सुवेदीलाई सल्यानको सीडीओको रूपमा सरुवा गरिएको हो।
यस सरुवाले मन्त्रालयको आन्तरिक संरचना परिमार्जन गर्दै प्रशासनिक जिम्मेवारीलाई पुनः सन्तुलन ल्याउने प्रयास गरिएको देखिन्छ। केही सीडीओलाई मन्त्रालय भित्रै ल्याइएको छ भने केहीलाई नयाँ जिल्लाको जिम्मेवारी दिइएको छ। अन्य सहसचिव र उपसचिवहरूको पनि स्थानान्तरण गरिएको छ, जसको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ। हेरौं सूचि :






















