हेडलाईनसमाचारगण्डकीऋषिङसूचना प्रविधि

शिक्षकहरुलाई सूचना प्रविधिमा दक्षता अभिवृद्धि गराउँदै तनहुँको ऋषिङ्ग गाउँपालिका

प्रहार समाचार । तनहुँ, ३ असार २०८२ लिवार । प्रविधिमा स्रोत शिक्षकहरूको दक्षता अभिवृद्धि गर्ने तर्फ तनहुँको ऋषिङ्ग गाउँपालिका लागि परेको छ। यसै उद्देश्यले पालिकाले पाँच दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।

 

पालिका भित्रका स्रोत शिक्षकहरूलाई लक्षित गरी आयोजना गरेको पाँच दिने सूचना प्रविधि सम्बन्धी तालिममा सत्यवती माध्यमिक विद्यालय दमौलीका शिक्षक रेशम खुलाल, निर्मल माध्यमिक विद्यालयका शिक्षक राजिव श्रेष्ठ, सूचना प्रविधि अधिकृत आनन्द वाग्ले र लेखा अधिकृत दिनेश कुमार तिम्सेनालगायतले सहजीकरण गरेका थिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईको संयोजकत्वमा सम्पन्न तालिमले शिक्षकहरूको पेशागत तथा व्यवसायिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ। तालिमले शिक्षण पद्धति सुधार गर्नुका साथै कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोगका लागि शिक्षकलाई सक्षम बनाउने विश्वास पालिकाले लिएको छ।

सूचना प्रविधिको प्रयोगले विद्यालयको प्रशासनिक, शैक्षिक, आर्थिक तथा व्यवस्थापकीय पक्षमा समेत सघाउ पुग्ने र अन्ततः शैक्षिक गुणस्तरमा सुधार ल्याउने तालिमको मुख्य उद्देश्य रहेको थियो। यस्ता तालिम कार्यक्रमहरूलाई आगामी दिनमा थप प्रभावकारी ढंगले निरन्तरता दिने तयारीमा गाउँपालिका रहेको जनाइएको छ। त



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button