हेडलाईनभानुसमाचारगण्डकी

भानु नगरपालिकामा उत्कृष्ट कृषक सम्मानित : कृषि क्षेत्रलाई प्रेरणा दिने उदेश्य

प्रहार समाचार । तनहुँ, ३१ जेठ २०८२ शनिवार । तनहुँको भानु नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा आज नगर भित्रका विभिन्न कृषकहरूलाई सम्मान गरिएको छ। एक कार्यक्रमका बीच नगरपालिकाले विभिन्न कृषि क्षेत्रलाई प्रतिनिधित्व गर्ने उत्कृष्ट र सर्वोत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्दै कृषिमा योगदानको उच्च कदर गरेको हो।

कार्यक्रममा नगर प्रमुख आनन्द राज त्रिपाठीले नेपाल कृषि प्रधान मुलुक भए पनि स्वदेशी उत्पादनले दैनिक आवश्यकता धान्न नसकेको अवस्था रहेको भन्दै कृषकलाई उत्प्रेरणा दिन सम्मान गरिएको बताए।

उप प्रमुख उमा गोतामेले कृषक देशको मेरुदण्ड भएकाले उनीहरूको सम्मान गर्नु राज्यको कर्तव्य भएको धारणा व्यक्त गरिन्। कार्यक्रममा विकास शाखाका प्रमुख, कर्मचारी, विभिन्न वडाका जनप्रतिनिधि तथा कृषकहरूको उपस्थिति रहेको थियो।

कृषक सम्मान कार्यक्रममा बंगुर पालन, माछा पालन, कुखुरा पालन, मसलावाली, खाद्यान्न, तरकारी, बाख्रापालन, मौरी पालन, फलफूल तथा गाईभैंसी पालनजस्ता विभिन्न १० विधामा उत्कृष्ट र सर्वोत्कृष्ट कृषकको छनोट गरिएको थियो। सर्वोत्कृष्ट कृषकहरूलाई १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिँदा उत्कृष्ट कृषकले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए।

सम्मानित हुनेहरूमा बंगुर पालनतर्फ शारदा शाहि र लोक ब. वसेल, माछापालनमा श्याम कुमार श्रेष्ठ र पुस्प राज भट्टराई, कुखुरापालनमा चिजा गुरुङ र प्रमिला थापा, तरकारीमा छेनुर्पु तामाङ र शारदा श्रेष्ठ, खाद्यान्नमा रमा ओझा र विष्णु ब. थापा, मौरी पालनमा प्रेम बहादुर अधिकारी र भिमशेन अधिकारी, गाईभैंसी पालनमा महादेव अधिकारी र दिपक बजगाई लगायत थिए। यस किसिमका कार्यक्रममा कृषकको हौसला अभिवृद्धि हुनुका साथै आत्मनिर्भर कृषि प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button