हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल निजामती कर्मचारी युनियन तनहुँको अध्यक्षमा श्रेष्ठ

प्रहार समाचार । तनहुँ, ३१ जेठ २०८२ शनिवार । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँको अध्यक्षमा राजकुमार श्रेष्ठ सर्वसम्बत रूपमा  निर्वाचित भएका छन्।

युनियनको दमौलीमा आज सम्पन्न नवौं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्बत रुपमा चयन गरेको हो। समितिको  उपाध्यक्ष (खुला) मा गोविन्द प्रसाद तिवारी, उपाध्यक्ष (महिला) मा सकुन्तला तिवारी तथा उपाध्यक्ष (समावेशी) मा सुमन बोटे सर्वसम्मत निर्वाचित भएका छन्। सचिव पदमा सुभाष रेग्मी, सहसचिव (युवा) मा तिर्थप्रसाद चापागाईं र कोषाध्यक्षमा चिज कुमार श्रेष्ठ निर्वाचित भएका छन्।

सदस्य पदतर्फ खुला तर्फबाट राजेश क्षेत्री, राजन सेढाई, गणेश न्यौपाने, सरोज मिश्र र रविन धिताल निर्वाचित भएका छन्। महिला सदस्यतर्फ रोशनी पन्त, शर्मिला जमरकट्टेल र सिर्जना तिवारी निर्वाचित भएका छन् भने श्रेणीविहीन सदस्यतर्फ जंगनाथ कैनी र सिर्जना तिवारी सर्वसम्मत निर्वाचित भएका छन्। समावेशी सदस्यमा राममाया रम्तेल र रिमा थापा निर्वाचित भएका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिला तर्फबाट राधा आचार्य निर्वाचित भएकी छन् भने प्रदेश प्रतिनिधिका रूपमा लक्ष्मी सिग्देल रहेकी छन्। निर्वाचितकेन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिला तर्फबाट राधा आचार्य चयन भएकी छन् भने प्रदेश प्रतिनिधिका रूपमा लक्ष्मी सिग्देल निर्वाचित भएकी छन्।

निर्वाचन प्रबन्ध समिति संयोजक अधिवक्ता डम्बरदेव हड्खले नवगठित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। समितिले अधिवेशनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण प्रतिनिधि, उम्मेदवार, स्वयंसेवक र सरोकारवालाप्रति आभार प्रकट गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button