हेडलाईनसमाचारगण्डकी

लमजुङका शिक्षकको मानवीय पहल : शिक्षकको मृत्युपछि समवेदना र सहयोग

• विजय अधिकारी (प्रहार संवाददाता ) । लमजुङ, ३१ जेठ २०८२ शनिवार । शिक्षक हित र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै लमजुङका शिक्षकहरूले सडक दुर्घटनामा ज्यान गुमाएका शिक्षक मन घलेको परिवार र घाइते भएका शिक्षक लीलाप्रसाद वसौलालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा आयोजित शैक्षिक आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा दुर्घटनामा परेका यी दुई शिक्षकप्रति श्रद्धाञ्जलि र सहानुभूतिको भावसहित लमजुङ जिल्लाभरिबाट १ लाख ६८ हजार २ सय रुपैयाँ सहयोग संकलन गरिएको हो।

ममनाङको नासोँ गाउँपालिका–८ ताचैमा रहेको जन विकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको निधनपछि उनका छोरा फणिन्द्र घलेलाई १ लाख २५ हजार १ सय रुपैयाँ आर्थिक सहायता हस्तान्तरण गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न शिक्षक संगठनका जिल्ला तथा पालिका तहका प्रतिनिधिहरूको उपस्थिति देखिन्थ्यो, जसले शिक्षकमाझको आपसी सहयोग र एकता अझ बलियो भएको संकेत दिएको छ।

घउक्त दुर्घटनामा घाइते भएका लमजुङ स्थायी घर भई मनाङको थोंचेमा प्रकाश ज्योति माविमा कार्यरत शिक्षक लीलाप्रसाद वसौलालाई उपचार खर्चस्वरूप ४३ हजार १ सय रुपैयाँ सहयोग दिने निर्णय भएको छ। शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर केसीका अनुसार, यो रकम संकलन विभिन्न पालिकाहरू—जस्तै बेसीशहर, मस्र्याङ्दी, क्व्होलासोथार, सुन्दरबजार, राइनास र दूधपोखरी—बाट प्राप्त भएको हो।

सशिक्षक आन्दोलनसँगै उत्पन्न भएको दुर्घटनाले पीडादायी अवस्था सिर्जना गरे पनि त्यसपछिको सहकार्यले सामाजिक उत्तरदायित्व र सहानुभूतिपूर्ण सम्बन्धलाई बलियो बनाएको छ। सहकार्यको यो भावना शिक्षक आन्दोलन र त्यसपछिका गतिविधिहरूमा थप प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ। कार्यक्रमको समन्वय नेपाल राष्ट्रिय शिक्षक संगठन मर्स्याङ्दीका अध्यक्ष सोमबहादुर भण्डारीले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button