हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको गजौडेमा सामाजिक अपराध र ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम

प्रहार समाचार । तनहुँ, ३१ जेठ २०८२, शनिवार । समाजमा बढ्दो सामाजिक अपराध, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना र आपराधिक गतिविधिका विरुद्ध जनचेतना अभिवृद्धि गर्न जिल्लास्तरीय सचेतनामूलक कार्यक्रम व्यास नगरपालिका–९ स्थित गजौडेमा सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ र सामुदायिक सेवा केन्द्र दमौलीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुदायस्तरमा सचेत नागरिकको भूमिका झनै आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

गोविन्द सामुदायिक सेवा केन्द्र दमौलीका उपाध्यक्ष गोविन्द रामपन्थको अध्यक्षता र व्यास नगरपालिका–९ का वडा अध्यक्ष सुरेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न टोल विकास संस्था, आमा समूह, युवाहरूको उपस्थिति उल्लेखनीय थियो। कार्यक्रममा सामाजिक अपराध नियन्त्रणका उपाय, लागू औषधको दुष्परिणाम, ट्राफिक नियमको महत्व र सडक दुर्घटना न्यूनीकरणका विषयमा जानकारीमूलक छलफल गरियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुरेश थापाले भने, “समाज रूपान्तरण जनचेतनाबाट मात्र सम्भव हुन्छ। आजको अभियान समुदायमैत्री प्रहरी र सचेत नागरिकबीचको सहकार्यको उत्कृष्ट उदाहरण हो।” उनले लागूऔषध, ट्राफिक नियम उल्लङ्घन र आपराधिक प्रवृत्तिबाट युवाहरूलाई जोगाउन अभिभावक, शिक्षक र समाजले साझा जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवप्रसाद पाठकले कानुनी प्रक्रिया, ट्राफिक नियम तथा प्रहरीको भूमिकाबारे जानकारी गराउँदै सबै नागरिक प्रहरीको साझेदार बन्नुपर्ने बताए। कार्यक्रममा गजौडे टोल विकास संस्थाका अध्यक्ष सुरेशजंग अधिकारी, झिनुवाटार टोल विकास संस्थाकी अध्यक्ष महालक्ष्मी कार्की, गजौडे आमा समूह अध्यक्ष दिलमाया गुरुङ, युवा क्लब अध्यक्ष नरबहादुर गुरुङ, सामुदायिक सेवा केन्द्रका हरि कार्की, जौमाया रायमाझी, विष्णु प्रसाद श्रेष्ठ, वडा सदस्य, स्थानीय अगुवा तथा सेवा केन्द्रका प्रतिनिधिको उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button