प्रहार समाचार । तनहुँ, ३१ जेठ २०८२, शनिवार ।
फेसबुक ह्याकरको सञ्जाल फेरि सक्रिय बनेको छ। पछिल्लो घटनामा व्यास नगरपालिका प्रवक्ता तथा वडा नं–९ का अध्यक्ष सुरेश थापाको व्यक्तिगत फेसबुक पेज ह्याकरले नियन्त्रणमा लिएर ठगी प्रयास गरेका छन्।

आफ्नो फेसबुक पेज आज शनिवार दिउसो साँढे २ बजेको आसपासमा ह्याक भएको बताए । उनको म्यासेन्जर बाट अहिले धेरै भन्दा धेरै साथिहरुलाई पैसा पठाइदिनु भन्ने म्यासेज जान थालेको प्रवक्ता थापाले बताए । उनको म्यासेन्जर ह्याकरले प्रयोग गरेर पैसा पठाइदिनु होला भन्ने म्यासेज गएकाले यसका पछि नलाग्न उनले आग्रह गरेका छन्। ‘म अहिले दमौली घरमा छु साथिहरुको फोन आउँदा म छक्क परे ।’ उनले भने । हेरै म्यासेज :

‘तपाईंसँग अनलाइनमा केही पैसा छ र? म भोलि फिर्ता गर्छु।’ भन्ने सन्देश थापाको नामको म्यासेन्जर बाट प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्कीलाई ३ बजेर ३६ मिनेटमा आएको छ। सम्पादक नहर्कीले सङ्का लागि प्रवक्ता थापालाई फोन गरेपछि रहस्य बाहिरिएको हो ।

प्रवक्ता थापाले प्रहार समाचारसँग कुरा गर्दै आफूले कसैलाई पनि यस्ता सन्देश नपठाएको स्पष्ट पारे। उनले म्यासेन्जरमार्फत पैसा पठाउन आग्रह गरिएको सन्देशप्रति सतर्क रहन र भ्रममा नपर्न आग्रह गरेका छन्। “कसैले पैसा माग्ने खालको म्यासेज पाएको खण्डमा कृपया तुरुन्त मलाई मोबाइल नम्बर ९८४६१ ३१८६९ मा सम्पर्क गर्नुहोला,” उनले भने।
सो घटनाको कानुनी पक्षबारे विशेषज्ञहरू भन्छन्— सूचना प्रविधि अपराधसम्बन्धी ऐनअनुसार सामाजिक सञ्जाल ह्याक गर्ने, ठगी गर्ने र अर्काको पहिचान दुरुपयोग गर्ने कार्य अपराध हो। यस्ता घटनाको उजुरी साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा गर्न सकिने छ। पीडितले प्रमाणसहित सम्बन्धित निकायमा उजुरी गरेमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइने कानूनविद्हरू बताउँछन्।























