हेडलाईनसमाचारगण्डकीम्याग्दे

मनसुन पूर्व तयारी : नेपाली सेनाको सचेतनामूलक कार्यक्रम थर्पुमा सम्पन्न

प्रहार समाचार । तनहुँ, ३० जेठ २०८२ शुक्रवार । नेपाली सेनाको कालिभञ्जन गण (ई), दमौलीले मनसुन पूर्व तयारी अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिकामा रहेको थर्पुको मीन माध्यमिक विद्यालयमा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको उक्त कार्यक्रमबारे गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिएका थिए । कार्यक्रममा मनसुनसँगै आउने संभावित प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, डुबान र चट्याङजस्ता घटनाबारे चेतना फैलाउने उद्देश्य राखिएको थियो। नेपाली सेनाका प्रतिनिधिहरूले विपद्का बेला अपनाउनु पर्ने सावधानी, तत्कालीन उद्धार तथा राहतका उपाय, र समुदायस्तरमा समन्वयका तरिकाबारे समेत विद्यार्थीलाई जानकारी दिएका थिए।

सेनाले प्रत्येक वर्ष वर्षायाम सुरु हुनुअघि जोखिम न्यूनीकरणका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विपद्का बेला सुरक्षाकर्मी र सर्वसाधारणको भूमिकाबारे स्पष्ट जानकारी दिनु, आपतकालीन व्यवस्थापनमा युवा पुस्ताको सक्रियता बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button