हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतमा भयानक विमान दुर्घटना : २ सय ४२ जनाको दु:खद निधन

प्रहार समाचार । भारत, २९ जेठ २०८२ बिहिवार । भारतको गुजरात राज्यस्थित अहमदाबादमा भएको एक हृदयविदारक विमान दुर्घटनामा एयर इन्डियाको विमानमा सवार सबै २ सय ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

समाचार एजेन्सी एपीले गुजरातका प्रहरी कमिश्नरलाई उद्धृत गर्दै विमानमा कोही पनि जीवित नरहेको जानकारी दिएको छ। दुर्घटना भएको स्थल आसपास त्रासदीपूर्ण दृश्य देखिएको बताइएको छ।

दुर्घटनास्थलबाट उद्धार गरिएका अधिकांश शवहरू नराम्ररी जलेका अवस्थामा फेला परेका छन्। स्थानीय अधिकारीहरूका अनुसार शवहरूको पहिचान कार्य निकै चुनौतीपूर्ण बन्दै गएको छ। केही शवहरू चिनिनै नसकिने अवस्थामा रहेकाले घटनास्थलमा रहेको चिकित्सक टोलीले तत्काल डीएनए परीक्षणको आवश्यकता औंल्याएको छ।

हाल उद्धार कार्यमा सेना, प्रहरी र आपतकालीन उद्धार टोली खटिएका छन्। विमान दुर्घटनाको कारण के थियो भन्नेबारे औपचारिक अनुसन्धान सुरु भएको जनाइएको छ। सो घटनाले सम्पूर्ण भारत शोकमा डुबेको छ भने पीडित परिवारहरूमा गहिरो पीडा छाएको छ। सरकारले पीडित परिवारलाई सहयोगका लागि विशेष पहल गर्ने बताएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button