हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानु न. पा. का महिलाहरु आत्मनिर्भरता र सशक्तिकरणतर्फ अघि बढ्दै

प्रहार समाचार । तनहुँ, २९ जेठ २०८२ बिहिवार । तनहुँको भानु नगरपालिका -५ का महिलाहरु आत्मनिर्भरता र सशक्तिकाणतर्फ अघि बढ्दै जान थालेका छन्। अब स्थानिय महिलाहरुलाई आफ्नो सानो व्यक्तिगत आवश्यकता पुरा गर्न पनि श्रीमानकै भर पर्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ।

महिलाको आयआर्जन र सशक्तिकरणलाई लक्षित गर्दै १५ वटा बाख्रा वितरण गरिएको छ, जसले ग्रामीण महिलाहरूको जीवनस्तर उकास्न उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ।

भानु नगरपालिका सामाजिक विकास शाखा तथा लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत संचालन गरिएको उक्त कार्यक्रममार्फत स्थानीय महिलाहरूलाई बाख्रा वितरण गरिएको हो। वडा नं. ५ का अध्यक्ष नहकुल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले महिलाहरूको आर्थिक अवस्था सुदृढ बनाउने, पशुपालन व्यवसायमा आकर्षित गर्ने र पोषण सुरक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको जानकारी दिए ।

बाख्रापालनलाई ग्रामीण भेगमा टिकाउ आयआर्जनको स्रोत बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको छ। स्थानीय सरकारको यस्तो पहलले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै सामाजिक र आर्थिक भूमिकामा अझ सशक्त रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। महिलाहरूले बाख्रापालनमार्फत परिवारको आम्दानी वृद्धि गर्न सक्ने वातावरण सिर्जना हुनु नै कार्यक्रमको प्रमुख सफलता हुने आयोजकहरूको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button