हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा अत्यधिक गर्मीको असर : जिल्ला प्रशासन बिहान ७ देखि खुल्ला

प्रहार समाचार । तनहुँ, २९ जेठ २०८२ बिहीवार । जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिन आएका सेवाग्राहीको चाप र अत्यधिक गर्मीको चपेटामा परेका कारण सेवा समय परिवर्तन गरिएको छ। पछिल्लो दिनमा एक सेवाग्राही अत्यधिक गर्मीका कारण लामो लाइनमा बस्दा बेहोस भएपछि कार्यालयले तत्काल निर्णय गर्दै भोलि ३० गते शुक्रवारबाट सेवा बिहान ७:०० बजेदेखि सुरु गर्ने भएको हो।

गर्मी र भीड नियन्त्रण गर्न प्रशासनको कदम :
सेवाग्राहीको भीड र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले अर्को सूचना प्रकाशित नभएसम्म नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहान ७:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म सञ्चालन गरिने जनाएको छ। प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा सेवाग्राहीको स्वास्थ्य र सुविधा प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

जनस्वास्थ्य पनि प्रशासनको चासो :
लामो समयसम्म लाइनमा बस्दा अत्यधिक घाम, तातो सडक र पानीको अभावले समस्या थपिएको सेवाग्राहीहरू बताउँछन्। कार्यालय परिसरमा छायाँ, पिउने पानी र प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ। जिल्ला प्रशासनले भने सेवा समय अगाडि सारेपछि भीड व्यवस्थापन सहज हुने र गर्मीको असर घट्ने विश्वास लिएको छ। स


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button