हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

नगरवासीलाई वित्तीय साक्षरता गराउँदै शुक्ला गण्डकी नगरपालिका

• ध्रुव राज घिमिरे (प्रहार संवाददाता ) तनहुँ, २८ जेठ २०८२ बुधवार। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले आफ्ना नगरवासीलाई वित्तीय रूपले सचेत र सक्षम बनाउने उद्देश्यसहित वित्तीय साक्षरता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढाएको छ। यस्तै अभियान अन्तर्गत नगरको वडा नं. ७, काउरे टोलमा तीनदिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।

सुरक्षित आप्रवासी (सामी) कार्यक्रमअन्तर्गत आयोजित सो तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्ग सिँ थापाले यस्ता कार्यक्रमले आम्दानी र खर्चको सही व्यवस्थापनमा टेवा पुऱ्याउने बताउँदै भन- ‘आम्दानी, खर्च र बचतको सन्तुलन मिलाउन सके जिवन सहज हुन्छ ।’

समापन समारोहमा बोल्दै नगरप्रमुख कृष्णराज पण्डितले विदेशबाट फर्किएका परिवारहरूलाई आर्थिक निर्णयमा सशक्त बनाउने खालका यस्ता कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गरे । उनेले भने -‘बचत गर्ने बानी, व्यावसायिक योजना र सिपयुक्त सोचले मात्रै प्रवासी नागरिकको श्रमको सही उपयोग हुनसक्छ।” उनले यस्ता कार्यक्रमले व्यक्तिगत तथा पारिवारिक आर्थिक अनुशासन कायम गर्न सक्ने भन्दै पालिकाले निरन्तरता दिने प्रतिबद्धता जनाए।

तीन दिने तालिममा प्रशिक्षक फत्तबहादुर गुरुङले सहभागीहरूलाई आम्दानी, खर्च, बचत तथा योजना बनाउने व्यावहारिक विधि सिकाएका थिए। सहभागीहरूले तालिमलाई व्यवहारिक, प्रेरणादायी र जीवनोपयोगी भन्दै प्रशंसा गरेका छन्। तालिम काउरे टोल विकास संस्था अध्यक्ष खिमलाल गिरिको अध्यक्षतामा सञ्चालन गरिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button