हेडलाईनसमाचारगण्डकी

गणतन्त्र सुरक्षित गर्न सञ्चार जगत निर्णायक : गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

• शंकरराज नहर्की । कास्की , २६ जेठ २०८२ सोमवार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र ल्याउन सञ्चार जगतको योगदान उल्लेखनीय रहेको भन्दै अबको जिम्मेवारी संविधान र व्यवस्थाको रक्षा गर्नु रहेको बताए। उनले पुरानो राजतान्त्रिक अभ्यासमा सञ्चारमाथि लगाइएका सेन्सरसिप सम्झिँदै गणतन्त्रात्मक व्यवस्थामा प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना तथा प्रदेश सरकारको सहकार्यमा सञ्चालित दुई दिने तालिमको हिंजो पोखरामा उद्घाटन गर्दै मुख्य मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।

मुख्य मन्त्री पाण्डेले प्रेस स्वतन्त्रता कायम गर्न सरकार प्रतिबद्ध भए पनि सञ्चारको नियमन चाहिँ समय सापेक्ष र जिम्मेवार ढंगले हुनु पर्ने धारणा पनि राखे । गण्डकी प्रदेश सरकारले आम सञ्चार विधेयक पास गरिसकेको र अब प्रेस रजिस्टार कार्यालयमार्फत सञ्चारकर्मीहरूका लागि नविनतम कार्यक्रमहरु सञ्चालनमा ल्याइने जानकारी पनि उनले दिए । पोखरामा प्रेस रजिस्टार कार्यालयको स्थापना भइसकेको र यसले प्रदेशको सञ्चार क्षेत्रको संस्थागत विकासमा सहयोग गर्ने उनको भनाइ थियो।

उनले सरकारसँगको समन्वयपछि राइड सेयरिङसम्बन्धी विधेयक छिट्टै कार्यान्वयनमा ल्याइने स्पष्ट पारेका छन्। मुख्य मन्त्री पाण्डेले कानुन बनाउने र बनेका कानुन पूर्णरूपमा लागू गर्ने प्रदेश सरकारको दृढ रहेको बताए।

आज सम्म चल्ने तालिममा गण्डकीका ११ जिल्लाबाट पत्रकारहरुको सहभागिता रहेको छ। महासंघका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मल्टिमिडिया रिपोर्टिङ सम्बन्धि प्रयोगात्मक दक्षता बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.बी. राना, शिव पुरी, शिव शानलगायतले प्रशिक्षण र प्रेरणादायी सन्देश दिएका थिए। प्रेस स्वतन्त्रता सेनानी नारायण कार्की , ओमप्रकाश शर्मा, प्रेस स्वतन्त्रता सेनानीहरु नारायण भट्टराई, पुण्य पौडेल, नवराज सुवेदी लगायतको सहभागिता रहेको कार्यक्रमको जमुना वस्नेत शर्माले सहजीकरण गरेकी थिइन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button