हेडलाईनसमाचारगण्डकीऋषिङ

रेडक्रस रानिपोखरी उपशाखाको ८औं अधिवेशन सम्पन्न : श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रहार समाचार । तनहुँ, २५ जेठ २०८१ आइतवार । नेपाल रेडक्रस सोसाइटी ऋषिङ रानिपोखरी उपशाखाको आठौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ। ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले उद्घाटन कार्यक्रममा बोल्दै रेडक्रसजस्तो मानवतावादी संस्था निस्वार्थ सेवाभावका साथ जनताको सेवामा निरन्तर क्रियाशील रहनुपर्ने धारणा राखे।

अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी ऋषिङ शाखा सदस्य तथा उपशाखा निर्वाचन अधिकृत बिमल गिरी, उपशाखाका आजीवन सदस्यहरू सहितको उपस्थिति रहेको थियो।

अधिवेशनले भरत कुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन अधिकृत गिरीले जानकारी दिए। समितिमा यमुना श्रेष्ठ उपसभापति, चिज कुमार श्रेष्ठ सचिव, विष्णु माया थापा कोषाध्यक्ष, भीम कुमार श्रेष्ठ उपकोषाध्यक्ष, र दिवस राना उपसचिव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा खिल माया बिक, राम बहादुर सारु, तेज बहादुर थापा, नील बहादुर थापा र सुरज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले रेडक्रसको सेवा र मानवीय कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button