हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २१ जेठ २०८२ बुधवार । गण्डकी प्रदेशमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी तथा मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेको छ भने कोशी प्रदेशमा भने मनसुनी प्रणाली सक्रिय देखिएको छ। यसका कारण कोशी, लुम्बिनी, सुदूरपश्चिम लगायतका केही प्रदेशमा समेत मध्यम खालको वर्षा हुन सक्नेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा मौसम परिवर्तनसहित हल्का वर्षा र हिमपातको अवस्था देखिएको छ।

आज रातिको मौसम पनि अधिकांश प्रदेशमा परिवर्तनशील रहनेछ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी भागमा एकदुई स्थानमा यस्तै वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा भारी वर्षाको चेतावनी दिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button