हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

गण्डकीमा आज वर्षा र हिमपातको सम्भावना, देशभर आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौं, १३ जेठ २०८२ मङ्गलवार । आज गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले देशभर आंशिक बदलीको अवस्था सिर्जना भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै पहाडी क्षेत्रमा मौसम बदली रहने बताइएको छ।

आज रातिको मौसम पनि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकीसहित मधेश प्रदेश र अन्य पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाको भनाइ छ।

मौसमविद्हरूले अत्यावश्यक कामबाहेक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button