हेडलाईनसमाचारप्रदेश

राजधानी काठमाडौंमा सहकारी पिडितहरुको अर्धनग्न जुलुस

प्रहार समाचार । काठमाडौं, ११ जेठ २०८२ आइतवार । सहकारीमा ठगिएका पीडितहरू आफ्नो बचत रकम फिर्ताको माग गर्दै आज पुनः काठमाडौंको माइतीघर मण्डलामा विरोधमा उत्रिएका छन्। अर्धनग्न रूपमा प्रदर्शन गरेका उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आफूहरूले जम्मा गरेको बचत फिर्ता दिन आग्रह गरेका छन्।

आज भएको उक्त प्रदर्शनमा विशेषगरी पुरुषहरूको उपस्थिति देखिएको थियो। यसअघि सहकारी पीडित महिलाहरूले प्रदर्शन गरेका थिए भने यसपटक पीडित पुरुषहरू सडकमा ओर्लिएका हुन्। उनीहरूले सरकार र सम्बन्धित निकायमाथि बेवास्ताको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले प्लेकार्ड र नाराबाजीमार्फत सहकारीहरूमा भएको ठगीप्रति आक्रोश व्यक्त गरेका थिए। उनीहरूले आफूहरूले वर्षौँको पसिनाबाट संकलन गरेको रकम लुटिएको भन्दै दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button