हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको मादी पुलमा बोलेरो दुर्घटना : तीनको मृत्यु, दुई घाइते

प्रहार समाचार । तनहुँ, ११ जेठ २०८२ आइतवार । तनहुँको ब्यास नगरपालिका–५ स्थित मादी पुल (चाइना पुल)मा गए राति करिब १२:१० बजे बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ गइरहेको ग २ च ५७६० नम्बरको बोलेरो जिप अनियन्त्रित भई मादी पुलबाट तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी व्यास नगरपालिका–५, बेतेनीका २८ वर्षीय प्रविन आले मगर, सोहि ठाउँ बस्दै ग आएका २२ वर्षीय कुसल थापा मगर र कुमार थापा मगरको उपचारका क्रममा क्रमशः राति १२:३५, १२:५० र १२:५५ बजे मृत्यु भएको हो। प्रविन आलेको सनाखत उनका दाजु तिल विक्रम आलेले गरेका हुन् भने कुसल र कुमारको सनाखत उनीहरूका ठुलोबुबा भोजबहादुर थापाले गरेका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका पर्सा प्रनानिपुर–३ का २० वर्षीय धिरज रोनीयारको छाती, घाँटी र खुट्टामा चोट लागेको छ। गम्भीर अवस्थाका उनलाई राति १:०० बजे मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ। उनीसँगै उनका ठुलोबुबा बिश्वनाथ साह पनि थिए। बोलेरोका चालक ब्यास–४ का २४ वर्षीय सनि बानीयाँको ढाडमा चोट लागेको छ र बोल्न सक्ने अवस्थामा रहेका उनलाई उपचारपछि बिहान २:४५ बजे डिस्चार्ज गरिएर जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button