हेडलाईनसमाचारगण्डकी

लमजुङ तरुण दलको अधिवेशन पुनः स्थगित : खुकुरी प्रहारपछि तनाव कायमै

• विजय अधिकारी (प्रहार संवाददाता ) । लमजुङ, १० जेठ २०८२ शनिवार । लमजुङमा नेपाल तरुण दलको बहुप्रतीक्षित जिल्ला अधिवेशन पुनः अनिश्चितकालका लागि स्थगित भएको छ। अधिवेशनको उद्घाटन सत्रमै प्रतिनिधि विवाद चर्किएर खुकुरी प्रहारसम्म पुगेपछि जेठ ३ गते एक साता स्थगित गरिएको अधिवेशनलाई निर्वाचन समितिले नयाँ सूचना जारी नभएसम्मका लागि स्थगन गरेको हो। निर्वाचन अधिकृत अधिवक्ता विजय प्रकाश अधिकारीका अनुसार परिस्थिती असहज रहेकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको हो।

खुकुरी प्रहारको घटनामा संस्थापन पक्षबाट आक्रमण भएको आरोप लागेपछि इतर पक्षका चार जना घाइते भएका थिए। घटनापछि कार्यबाहक सभापति कुमरासी गुरुङ, अध्यक्षका प्रत्यासी हिरा गुरुङ र घाइते खुसीजंग गुरुङबीच सहमति गराउँदै वक्तव्य जारी गरिएको थियो, जसमा हिरा गुरुङले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। त्यसपछि लमजुङका सबै पालिकाका तरुण दल अध्यक्षहरूले पनि सहमतिको स्वागत गर्दै निर्वाचन प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यालयलाई आग्रह गरेका थिए।

तर, जिल्ला प्रहरी कार्यालयमा चार जना विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता भएपछि विवाद अझ गहिरिएको छ। राइनास, मध्यनेपाल र मर्स्याङ्दीका वडावार नेताहरूविरुद्ध मुद्दा चलिरहेका कारण निर्वाचन प्रक्रिया रोकिएको हो। प्रहरी नायब उपरीक्षक रेशम बोहोराले घटनाका आरोपितहरूको खोजी जारी रहेको जनाएका छन्। घटनामा तरुण दलका नि.क्षेत्रीय अध्यक्ष, कांग्रेस नेता र नेविसंघ सदस्यसहित चार जना घाइते भएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button