हेडलाईनव्याससमाचारगण्डकी

सामाजिक सञ्जालमार्फत मुटुरोगी मगरलाई सहयोग जुट्यो

• सुशिल बि. क (प्रहार संवाददाता ) तनहुँ, १० जेठ २०८२ शनिवार । तनहुँ — व्यास नगरपालिका–५ पाटन निवासी मुटुरोगी नेत्रबहादुर मगरको उपचारका लागि सामाजिक सञ्जाल टिकटकमार्फत सहयोग रकम संकलन गरिएको छ।

नेत्रबहादुर मगर लामो समयदेखि मुटु रोगले ग्रसित छन्। उनको अवस्था गम्भीर बन्दै गएको सूचना पाएपछि व्यास–४ कै नसीब हुसेनले टिकटकमा लाइभमार्फत सहयोग संकलन गर्ने प्रयास थालेका थिए। उनले साथीहरूको सहयोगमा हालसम्म २२ हजार ८ सय संकलन गर्न सफल भएका छन्।

संकलित रकम शुक्रबार मगरको उपचारमा सहयोग पुर्‍याइरहेका अर्का स्थानीय समाजसेवी मोहम्मद गफ्फार (सुदीप) लाई हस्तान्तरण गरिएको छ।

मगरको उपचारका लागि सहयोग संकलन जारी रहेको जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button