हेडलाईनसमाचारप्रदेश

गभर्नर पौडेल विरुद्ध सर्वोच्चमा रिट : योग्यता माथि प्रश्न

प्रहार समाचार । काठमाडौँ, ९ जेठ २०८२ शुक्रवार । योग्यता नपुगेको व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ। गभर्नर विश्व पौडेललाई ऐन बिपरित नियुक्ति गरिएको दाबी गर्दै निवेदकले नियुक्ति बदरको माग गरेका छन्। रिटमा सरकार र छनोट समितिलाई विपक्षी बनाइएको छ ।


 

अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मिलेमतोमा गरिएको गैरकानुनी नियुक्तिका आधारमा राजनीतिक स्वार्थका व्यक्ति गभर्नरमा नियुक्त गरिएको आरोप लगाउँदै रिट दायर गरेका हुन्। उनीहरूले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको जिकिर गरेका छन्।

उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि हाल छलफलमा रहेको छ। उल्लेखनीय छ, गत ६ जेठमा मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो।

तस्बिर : रासस



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button