हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

परीक्षा केन्द्र परिवर्तन प्रति स्ववियू तनहुँको आपत्ति

• सुशिल बि. क. (प्रहार संवाददाता ) तनहुँ, ९ जेठ २०८२ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित स्नातक तहको परीक्षा केन्द्र परिवर्तनप्रति आपत्ति जनाउँदै तनहुँका दुई क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

आदिकवि भानुभक्त क्याम्पस दमौलीका स्ववियु सभापति अनुप आले मगर र आँबुखैरेनी क्याम्पसका सभापति निसान मगरले शुक्रबार परीक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै पुरानो व्यवस्था पुनः कायम गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमा विगतका वर्षहरूमा परीक्षा केन्द्र विद्यार्थीहरूको लागि सहज र अनुकुल स्थानमा तोकिएको भएपनि अघिल्लो वर्षदेखि परीक्षा केन्द्र टाढा सारिएकोप्रति गुनासो गरिएको छ। भौगोलिक दृष्टिले अध्ययन हुने क्याम्पसको नजिकै परीक्षा केन्द्र तोकिए विद्यार्थीको शारीरिक, मानसिक र आर्थिक अवस्था अनुकूल हुने तर्क गर्दै स्ववियु नेताहरूले केन्द्र व्यवस्थापनमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

परीक्षा सम्पन्न भइसकेको चौथो वर्षको सन्दर्भ उठाउँदै, आगामी वर्षहरूको परीक्षालाई सहज र प्रभावकारी बनाउन केन्द्र व्यवस्थापनमा सुधार आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ। तनहुँसहित आसपासका जिल्लाका विद्यार्थीलाई मध्यनजर गर्दै स्थानिय क्याम्पसलाई नै परीक्षा केन्द्र बनाउने नीति अवलम्बन गर्नुपर्ने माग उनीहरूको छ।

हेरौं ज्ञापन पत्र :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button