हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ वार इकाइको २१औं अधिवेशन सम्पन्न : अध्यक्षमा सरिता

तनहुँ, ९ जेठ २०८२ शुक्रवार । तनहुँ वार इकाइको २१औं अधिवेशन सम्पन्न हुँदै नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सरीता थापा भण्डारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा विष्णुभक्त सिग्देल, सचिवमा माधव घिमिरे र कोषाध्यक्षमा विष्णु हड्खले चयन भएका छन्।

नयाँ समितिमा सदस्यका रूपमा निवर्तमान अध्यक्ष डम्बरदेव हड्खलेसहित शिवदत्त ढकाल, केशव भट्टराई, हरीशचन्द्र अर्याल, अमृतबहादुर नेपाली, हरीमान श्रेष्ठ, शिवराज काफ्ले र रविन्द्र बराकोटी चयन भएका छन्। अधिवेशनमा विविध छलफलसहित भावी कार्ययोजना पनि तय गरिएको थियो।

त्यसैगरी समितिका केन्द्रीय पार्षद्हरुमा कृष्णहरि बाग्ले, भानुभक्त सुवेदी, विमल तिवारी, त्रैलोक्य वाग्ले र शरणहरि पत्थ चयन भएका छन्। निर्वाचन समितिका संयोजक अधिवक्ता भानुभक्त सुवेदीले अधिवेशनको समापन सत्रमा नयाँ नेतृत्वको घोषणा गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button